त्रित राजको अर्धशतकमा जनकपुरको जित, पोखरा फेरि निराश

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १६, सोमबार ०६:०९

काठमाडौं । त्रित राज दासको उत्कृष्ट अर्धशतक प्रेरित जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्समाथि रोमाञ्चक जित निकालेको छ ।

आइतबार राति सम्पन्न प्रतिस्पर्धात्मक खेलमा जनकपुरले पोखरालाई ९ रनले हराउँदै प्रतियोगितामा दोस्रो जित दर्ता गरेको हो । पोखराले भने लगातार दोस्रो हार बेहोरेको छ ।

जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखरा निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३८ रनमै रोकियो । पोखराका लागि कप्तान कुशल भुर्तेलले ३५ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। विपिन आचार्यले २०, विपिन खत्रीले अविजित १७ तथा किरण ठगुन्नाले १५ रन जोडे ।

पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको थियो । उसका लागि त्रित राज दासले सर्वाधिक ६१ रनको योगदान दिए । ५५ बलको सामना गरेका उनले ७ चौका र २ छक्का प्रहार गरे ।

मोइन अलीले आक्रामक ब्याटिङ गर्दै १६ बलमा २१ रन बनाए । अभिनाश तिवारी २४ रनमा अविजित रहँदा जेम्मी निसमले ११ रन जोडे ।

पोखराका सकिब अल हसनले ३ विकेट लिए । चमिका करुनारत्नेले २ तथा मेहेदी हसन र मोहम्मद साइफुदीनले समान १ विकेट हात पारे ।

यो जितसँगै जनकपुरले तीन खेलबाट दोस्रो जित निकालेको छ । पोखरा भने पहिलो खेलमा सुदूरपश्चिमसँग ६ विकेटले पराजित भएपछि दोस्रो खेलमा पनि जितविहीन बनेको छ ।

तपाइको प्रतिक्रिया
कारागारबाट भागेका कैदीमध्ये दुई जना पक्राउ
पथरीशनिश्चरेमा ब्राउन सुगरसहित स्कुटर चालक पक्राउ
लेटाङमा हार्डवेयर पसलमा काम गर्ने युवक चक्कु प्रहारबाट घाइते
विराटनगरमा सुनचाँदी पसलको झ्याल फुटाएर चोरी
पूर्वप्रधानमन्त्री र मन्त्री मुछिएको जग्गा प्रकरण : जनही ७३ करोड ४९ लाख बिगो दाबी
प्रेस काउन्सिल र नागरिक उड्डयनसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरिने
ज्येष्ठ नागरिकको सुविधा पाएपछि कात्तिक २६ मा छुट्दै रायमाझी
भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११:०७ बजे
फेरिचे हेलिकोप्टर दुर्घटनाको छानबिन हुँदै
कोशीमा प्रहरीको तीनमहिने कामको समीक्षा, चाडपर्व सुरक्षामा विशेष जोड
जनकपुरलाई २ रनले हराउँदै विराटनगरको रोमाञ्चक जित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.