अवैध रूपमा बस्दै आएका पाँच विदेशी नागरिक पक्राउ

Share this
649shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १७, मंगलबार ०९:२८

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी गैरकानुनी रूपमा बस्दै आएका पाँच जना विदेशी नागरिकलाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ ।

एपीएफ इन्टेलिजेन्स ब्युरो र सशस्त्र प्रहरी बल नेपाल नं. १८ गणको संयुक्त टोलीले सोमबार साँझ उनीहरूलाई नियन्त्रणमा लिएको हो । आवश्यक कारबाहीका लागि पाँचै जनालाई अध्यागमन विभागमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

नियन्त्रणमा पर्नेहरूमा बङ्गलादेशी नागरिक मोहम्मद कुर्वान अलि, जाहिंगिर आलम, रोनित रोय चौधरी र अकम अब्ल्लाह तथा बङ्गलादेशी मूलका ब्राजिलियन नागरिक रफत मिहा रहेका छन् ।

प्रहरीका अनुसार रोनित रोय चौधरी बस्दै आएको कोठामा खानतलासी गर्दा नौ जना बङ्गलादेशी नागरिकका १४ थान राहदानी फेला परेका छन् । त्यहाँ ठूलो रकमको आर्थिक लेनदेन विवरण उल्लेख गरिएका दुई थान डायरीसमेत बरामद भएको छ ।

त्यस्तै, नियन्त्रणमा परेका जाहिंगिर आलममाथि एक जना बङ्गलादेशी नागरिकलाई अपहरण गरी बन्धक बनाएको अभियोगमा जिल्ला अदालत काठमाडौँमा मुद्दा विचाराधीन रहेको खुलेको छ । उनी २०८० चैत १३ गतेदेखि उक्त मुद्दामा अदालतमा तारिख धाउँदै आएको बताइएको छ ।

नियन्त्रणमा लिइएका पाँचै जनामाथि थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन अध्यागमन विभागमा बुझाइएको छ ।

तपाइको प्रतिक्रिया
पुनर्बीमा कम्पनीको उछालले धान्यो नेप्सेको सामान्य वृद्धि
बीपी प्रतिष्ठानको ४८औँ सञ्चालक परिषद् सभा सम्पन्न
मनोजकुमार केसीको प्रहरी यात्रा : नक्कली भुटानी शरणार्थी प्रकरणदेखि आईजीपीसम्म
आईजीपी प्रकरणमा रास्वपाको हस्तक्षेप रहेको सरकारको स्वीकारोक्ति
कानुनको शासन नै सुशासनको आधारः राष्ट्रपति पौडेल
स्थानीय तह र प्रदेशबाटै सामूहिक स्वास्थ्य बीमा
बर्खास्तीको निर्णयविरुद्ध कानुनी उपचार खोज्दै दानबहादुर कार्की
नेपाल प्रहरीको आईजीपी : कार्की जिम्मेवारीमुक्त, केसी नियुक्त
महँगी र इरान युद्धको मूल्य चुकाउँदै ट्रम्प, अमेरिकी राजनीतिमा डेमोक्र्याटको पुनरागमन
बजारमा भारतीय फूलको रजगज, स्वदेशी किसानको लगानी जोखिममा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.