
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार (आज) को खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा जनकपुरका कप्तान हर्मित सिंहले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन्।
जनकपुरको निर्णयसँगै विराटनगर किंग्सले पहिले ब्याटिङ गर्दै जनकपुरसामु जितका लागि लक्ष्य प्रस्तुत गर्नेछ।

























