संसद् बैठक तत्काल बोलाउन आङ्देम्बेको माग

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १७, मंगलबार १४:१३

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कर्मचारीतन्त्रमा आतंक सिर्जना गरिएको आरोप लगाउँदै संसद्को बैठक तत्काल बोलाउन माग गरेका छन् ।

सिंहदरबारमा सभामुख डोलप्रसाद अर्याललाई भेटेपछि मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले कर्मचारीलाई कार्यस्थलबाटै उठाएर ल्याउने गरिएको र प्रधानमन्त्री कार्यालय नै यातना गृहजस्तो भएको अनुभूति भइरहेको बताए । संसद्बाहिर उठेका संवेदनशील विषयको निकास संसद्भित्रै खोज्नुपर्ने उनको भनाइ थियो ।

विपक्षी दलहरूको संयुक्त बैठक र कांग्रेस संसदीय दलको बैठकको निर्णय लिएर सभामुखलाई भेट्न पुगेका आङ्देम्बेले देशमा थुप्रै गम्भीर समस्या देखिएकाले संसद्लाई लामो समय निष्क्रिय राख्न नहुने बताए ।

‘अहिले बाहिर आएका विषयहरू अत्यन्तै संवेदनशील छन् । यसलाई बाहिरै राखेर अन्योल सिर्जना गर्नुभन्दा संसद्भित्रै छलफल गराउनुपर्छ र बैठक चाँडै बोलाउनुपर्छ भनेर हामीले आग्रह गरेका छौँ,’ उनले भने ।

प्रेसमाथि भइरहेको हस्तक्षेप, न्यायालयभित्र देखिएका विचलन, प्रहरी प्रशासनको कार्यशैली र प्रधानमन्त्री स्वयं जोडिएका विषयमा संसद्मा खुला छलफल आवश्यक रहेको उनले बताए ।

संसद्को आवश्यकता महसुस भइरहेका बेला सरकारले भने अध्यादेशमार्फत अघि बढ्न खोजेको आङ्देम्बेको आरोप थियो । यस्तो प्रवृत्तिले लोकतन्त्र र त्यसको मर्मलाई सकारात्मक सन्देश नदिने उनले बताए ।

यसैगरी, भोटेकोशी र रसुवाका बाढीपहिरो पीडितलाई राज्यले बिर्सिएको उनको गुनासो थियो । विपद्‌पीडितका लागि ठूलो सहयोग जुटे पनि त्यसको सदुपयोगबारे स्पष्ट जानकारी नभएको र घर भाडाबापत दिने भनिएको १५ हजार रुपैयाँसमेत पीडितले नपाएको उनले बताए ।

‘बजारमा महँगी बढेको छ, बिचौलियाको बिगबिगी छ र सर्वत्र आतंक छ,’ उनले भने, ‘यस्ता जनसरोकारका विषयमा संसद् मूकदर्शक बन्न सक्दैन ।’

तपाइको प्रतिक्रिया
बीपी प्रतिष्ठानको सेवा सुधार गर्न स्वास्थ्यमन्त्रीको जोड
माध्यमिक तह उत्तीर्णले पनि मेलमिलापकर्ता बन्न पाउने प्रस्ताव
बृहत् कम्युनिस्ट एकतामा जुट्न प्रचण्डको आह्वान
मुक्कुम्लुङ पाथीभरा केबलकार विवाद सुल्झाउन सरकारद्वारा कार्यदल गठन 
पाथीभरामा भक्तजनको घुइँचो, एकै दिन १० हजार ६१६ जनाले गरे दर्शन
माधव नेपाल र मीनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ७३ करोड बिगो माग दाबी
संसद् बैठक तत्काल बोलाउन आङ्देम्बेको माग
मुक्तिनाथबाट सुरु भएको दिव्य रथयात्रालाई विराटनगरमा स्वागत
कारागारबाट भागेका कैदीमध्ये दुई जना पक्राउ
कारागारबाट भागेका कैदीमध्ये दुई जना पक्राउ
माधवकुमार नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा, विराटनगरको सार्वजनिक जग्गा छुट दर्ता प्रकरण
विराटनगरविरुद्ध जनकपुरले पहिले बलिङ गर्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.