बृहत् कम्युनिस्ट एकतामा जुट्न प्रचण्डको आह्वान

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १७, मंगलबार १५:४८

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गम्भीर संकटमा परेको भन्दै सबैखाले आग्रह–पूर्वाग्रह त्यागेर बृहत् कम्युनिस्ट एकतामा जुट्न आह्वान गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा मंगलबार आयोजित पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले विगतमा सहकार्य गरेका शीर्ष वामपन्थी नेताहरूलाई एकताको अभियानमा सहभागी हुन आग्रह गरेका हुन् ।

‘म यहीँबाट कमरेड केपी ओली, मोहनविक्रम सिंह, मोहन वैद्यलगायत विगतमा सहकार्य गरेका सबै कमरेडहरूलाई आह्वान गर्न चाहन्छु– देश संकटमा छ, त्यसैले सबैखाले आग्रह र पूर्वाग्रहबाट मुक्त भएर एकताको यो महाअभियानमा जुटौँ,’ उनले भने ।

सम्बोधनका क्रममा प्रचण्डले शान्ति प्रक्रियामा आएदेखि नै तत्कालीन नेकपा एमालेसँग एकताका लागि पटक–पटक पहल गरेको स्मरण गरे । संविधान जारी भएपछि जनताले कम्युनिस्ट पार्टीहरूबाट ठूलो अपेक्षा गरेकाले आफू पुनः एकताको प्रस्ताव लिएर केपी शर्मा ओलीकहाँ पुगेको उनले बताए ।

‘सजिलैसँग एकता नहुने देखेपछि मैले तपाईं नै प्रधानमन्त्री बन्नोस् भनेको थिएँ,’ विगत सम्झिँदै उनले भने, ‘त्यसपछि तत्काल चुनावी कार्यगत एकता र निर्वाचनलगत्तै पार्टी एकता गर्ने सहमति भयो । निर्वाचनमा हामीले झन्डै दुई तिहाइ मत पनि प्राप्त गर्‍यौँ ।’

निर्वाचनबाट प्राप्त जनमत देशमा सुशासन र समाजवादको आधार तयार पार्ने ‘गोल्डेन अवसर’ भए पनि त्यसलाई जोगाउन नसकिएको उनले स्वीकार गरे । विगतको एकता असफल भए पनि त्यसबाट निराश नभई पाठ सिक्नुपर्ने उनको भनाइ थियो । देश र जनताको हितका लागि पुनः एकता र ध्रुवीकरणको पहल थालिएको उल्लेख गर्दै उनले अहिलेको सहकार्य त्यसैको सुरुआत भएको बताए ।

तपाइको प्रतिक्रिया
ज्येष्ठ नागरिकको सुविधा पाएपछि टोपबहादुर रायमाझी जेलमुक्त हुँदै
कारागारबाट भागेका कैदीमध्ये दुई जना पक्राउ
पथरीशनिश्चरेमा ब्राउन सुगरसहित स्कुटर चालक पक्राउ
लेटाङमा हार्डवेयर पसलमा काम गर्ने युवक चक्कु प्रहारबाट घाइते
विराटनगरमा सुनचाँदी पसलको झ्याल फुटाएर चोरी
पूर्वप्रधानमन्त्री र मन्त्री मुछिएको जग्गा प्रकरण : जनही ७३ करोड ४९ लाख बिगो दाबी
प्रेस काउन्सिल र नागरिक उड्डयनसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरिने
ज्येष्ठ नागरिकको सुविधा पाएपछि कात्तिक २६ मा छुट्दै रायमाझी
भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११:०७ बजे
फेरिचे हेलिकोप्टर दुर्घटनाको छानबिन हुँदै
कोशीमा प्रहरीको तीनमहिने कामको समीक्षा, चाडपर्व सुरक्षामा विशेष जोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.