तमोर कोरिडोरको सडक कालोपत्रेमा ढिलाइ, ठेक्का तोड्ने चेतावनी

Share this
771shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १९, बिहीबार १२:०१

काठमाडौं । तमोर कोरिडोरअन्तर्गत मूलघाटदेखि सुभाङ गणेशचोकसम्मको सडक स्तरोन्नति र कालोपत्रे गर्ने काममा ढिलाइ भएपछि सडक विभागले ठेकेदार कम्पनीसँग स्पष्टीकरण मागेको छ । काममा प्रगति नगरेको भन्दै आयोजनाले १५ दिनभित्र चित्तबुझ्दो जवाफ नदिए ठेक्का अन्त्य गर्ने प्रक्रिया अघि बढाउने चेतावनी दिएको हो ।

सडक विभागको उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालयअन्तर्गतको चतरा–मूलघाट–सुभाङखोला सडक योजनाले एम/एस एपेक्स कन्स्ट्रक्सन कम्पनी प्रालि, मैतीदेवी काठमाडौंलाई स्पष्टीकरण सोधेको हो । उक्त कम्पनीले तमोर कोरिडोरको सो सडक खण्ड स्तरोन्नति गरी कालोपत्रे गर्ने ठेक्का पाएको थियो ।

आयोजनाले जारी गरेको सूचनाअनुसार पटक–पटक मौखिक तथा लिखित रूपमा जानकारी गराउँदा पनि निर्माण कम्पनीले लामो समयदेखि सम्झौताअनुसार काम अघि बढाएको छैन । काम सम्पन्न गर्नेतर्फ आवश्यक तदारुकता नदेखाएकाले ठेक्का अन्त्य गर्नुपर्ने अवस्था आएको आयोजनाको भनाइ छ ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९, सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२८ को उपनियम (२) तथा ठेक्का सम्झौतामा उल्लिखित व्यवस्थाअनुसार कारबाही अघि बढाउन लागिएको सूचनामा उल्लेख छ ।

आयोजनाले निर्माण कम्पनीलाई १५ दिनभित्र कार्यालयमा आधिकारिक प्रतिनिधिमार्फत उपस्थित भएर ढिलाइको कारण खुलाउँदै लिखित स्पष्टीकरण पेस गर्न भनेको छ । निर्धारित समयभित्र सम्झौताअनुसार काम सम्पन्न नगरेमा वा ढिलाइबारे चित्तबुझ्दो जवाफ नदिएमा ठेक्का अन्त्य गर्ने प्रक्रिया अघि बढाइनेछ ।

तपाइको प्रतिक्रिया
८५७ कर्मचारीको सरुवा बदर, अब नयाँ मापदण्डबाट मात्रै पदस्थापन
स्वास्थ्य सेवाको प्रभावकारिता जाँच्न प्रदेशसभाको पहल
अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिँदै क्रिस्टियानो रोनाल्डो
आईजीपी हटाउने निर्णयको औचित्य सरकारले पुष्टि गर्छ : रवि लामिछाने
उदयपुरमा २७ भूमिहीन परिवारले पाए जग्गाधनी पुर्जा
चाडपर्वमा सुरक्षा चुनौती रोक्न प्रहरीको विशेष रणनीति, ५० हजार सुरक्षाकर्मी सडकमा
राति १० बजे नै व्यवसाय बन्द गर्नुपर्ने नियमप्रति विराटनगरका व्यवसायी असन्तुष्ट
कार्की सर्वोच्चमा, रिट रोकियो
सर्वोच्चका चार न्यायाधीशको सुनुवाइ हुँदै, पाँच उजुरीकर्ताले सबैलाई लगाए प्रश्न
सरकारले दिएको नयाँ जिम्मेवारी अस्वीकार गर्दै सर्वोच्च पुगे दानबहादुर कार्की
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.