डा. केसीको जीवन रक्षाका लागि तत्काल पहल गर्न चिकित्सक संघको सरकारसँग माग

Share this
801shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १९, बिहीबार १५:०६
तस्बिरः फायल

काठमाडौं । आठ दिनदेखि सत्याग्रहमा रहेका चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि नेपाल चिकित्सक संघले उनको जीवन रक्षाका लागि तत्काल पहल गर्न सरकारसँग माग गरेको छ।

संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीका माग सम्बोधन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।

सरकारले गरेका गलत नियुक्ति सच्याउन तथा विगतमा भएका सहमति कार्यान्वयन गर्न माग गर्दै डा. केसी सत्याग्रहमा बसेका हुन्। आठ दिनदेखि जारी सत्याग्रहका क्रममा उनको स्वास्थ्यमा जटिल समस्या देखिएको संघले जनाएको छ।

संघले डा. केसीको जीवन रक्षाका लागि तत्काल वार्ताको वातावरण बनाउन र उनले उठाएका जायज माग सम्बोधन गरी समस्याको समाधान खोज्न सरकारसँग जोडदार माग गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘डा. केसीको स्वास्थ्यमा जटिल समस्याहरू उत्पन्न भएको हुँदा उहाँको जीवन रक्षाका लागि उहाँसँग अविलम्ब वार्ता गर्ने वातावरण मिलाई उहाँले उठाउनुभएका जायज मागहरू तत्काल सम्बोधन गरी समस्याको समाधान खोज्न नेपाल चिकित्सक संघ नेपाल सरकारसँग जोडदार माग गर्दछ।’

यसैबीच, डा. केसीको जीवन रक्षाका लागि चाल्नुपर्ने थप कदमबारे छलफल गर्न संघले शुक्रबार दिउँसो १ बजे आफ्नो कार्यालयमा बैठक बोलाएको छ।

यसअघि भएको सत्याग्रहका क्रममा सरकारले गरेका सहमति कार्यान्वयन नगरेको र उल्टै सहमति विपरीत स्वार्थ बाझिने व्यक्तिहरूलाई स्वास्थ्य संस्थामा नियुक्ति गरेको आरोप लगाउँदै डा. केसी पुनः सत्याग्रहमा उत्रिएका हुन्। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई इलामबाट काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ।

तपाइको प्रतिक्रिया
उदयपुरमा २७ भूमिहीन परिवारले पाए जग्गाधनी पुर्जा
चाडपर्वमा सुरक्षा चुनौती रोक्न प्रहरीको विशेष रणनीति, ५० हजार सुरक्षाकर्मी सडकमा
राति १० बजे नै व्यवसाय बन्द गर्नुपर्ने नियमप्रति विराटनगरका व्यवसायी असन्तुष्ट
कार्की सर्वोच्चमा, रिट रोकियो
सर्वोच्चका चार न्यायाधीशको सुनुवाइ हुँदै, पाँच उजुरीकर्ताले सबैलाई लगाए प्रश्न
सरकारले दिएको नयाँ जिम्मेवारी अस्वीकार गर्दै सर्वोच्च पुगे दानबहादुर कार्की
धनकुटा प्रहरीले तमोर किनारमा नष्ट गर्‍यो डेढ टनभन्दा बढी गाँजा
बालसंसारका विद्यार्थीले देउसी–भैलोमार्फत झल्काए मौलिक संस्कृति
शान्ति–सुरक्षा चुस्त बनाउन प्रधानमन्त्री शाहको निर्देशन
न्यायाधीशलाई मेलमिलापकर्ता बनाउने प्रस्तावमा बारको आपत्ति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.