
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन प्रस्ताव सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने निर्णय गरेको छ ।
यसअघि सहमतिका लागि अर्थ मन्त्रालय पठाइएको प्रस्ताव त्यहाँबाट प्राप्त भएपछि शुक्रबार शिक्षा तथा खेलकुद मन्त्रालयले कानुन मन्त्रालयमा पठाउने निर्णय गरेको हो ।
शिक्षक, विद्यार्थी तथा समग्र शिक्षा क्षेत्रका सरोकारवालाले उठाउँदै आएका गुनासो सम्बोधन गर्ने उद्देश्यले मन्त्रालयले नियमावली संशोधनको प्रक्रिया अघि बढाएको जनाएको छ ।

























