सिद्धार्थ स्कुलमा तिहार विशेष कार्यक्रम, कला र संस्कृतिको संरक्षणमा जोड

Share this
725shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २१, शनिबार १२:५०

विराटनगर । नेपाली कला, संस्कृति, परम्परा र मौलिक संस्कारको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सिद्धार्थ स्कुलमा तिहार विशेष कार्यक्रम आयोजना गरिएको छ।

विद्यार्थीलाई नेपाली चाडपर्वको सांस्कृतिक महत्त्व, मौलिक पहिचान र पुस्तौँदेखि चलिआएका परम्पराबारे व्यवहारिक रूपमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रममा विद्यार्थीहरूले तिहारसँग सम्बन्धित विभिन्न सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुति दिएका थिए। यस्ता गतिविधिले विद्यार्थीलाई आफ्नो कला, संस्कृति र परम्परासँग जोड्नुका साथै मौलिक पहिचानप्रति सम्मान र अपनत्वको भावना विकास गर्न सहयोग पुग्ने विद्यालयको विश्वास छ।

विद्यालयका संस्थापक प्रिन्सिपल अर्जुन बस्नेतले शिक्षालाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यवहारिक, नैतिक र सांस्कृतिक पक्षसँग जोड्नुपर्ने बताए। उनले यस्ता कार्यक्रमले विद्यार्थीलाई आफ्नो संस्कृति र परम्पराको महत्त्व बुझ्न तथा त्यसको संरक्षणमा प्रेरित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखे।

नेपाली कला, संस्कृति र परम्परालाई नयाँ पुस्तामाझ परिचित गराउँदै पुस्तान्तरण गर्नु विद्यालयको समेत दायित्व भएको उल्लेख गर्दै उनले शिक्षण सिकाइसँगै यस्ता सांस्कृतिक गतिविधिलाई निरन्तरता दिइने बताए।

तपाइको प्रतिक्रिया
कस्तो रहने छ भाइटीकाको दिन मौसम ?
ढाका टोपीमा सजिएर नेपाल फेस्टिभलमा पुगे अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिज
मिडियामाथिको दबाबविरुद्ध प्रदर्शन
२० निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनी कालोसूचीमा
अनियमितताको आरोपमा गण्डकीका खेलकुद परिषद्का सदस्यसचिव शर्मा बर्खास्त
कोप–३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
‘न्यायाधीशको कामकारबाहीमाथि पनि निगरानी हुनुपर्छ’
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
आवश्यकताअनुसार प्रदेश र स्थानीय तहमा थप कर्मचारी खटाइने
पर्यटन प्रबर्द्धन गर्न इलामको कन्याममा चिया महोत्सव हुँदै
सप्तकोशीमा मोटरबोट दुर्घटना: तीन जनाको मृत्यु, तीन जना बेपत्ता
सप्तकोशी बोट दुर्घटनाको छानबिन तीव्र, तिहारपछि प्रतिवेदन आउने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.