चाडपर्व लक्षित सुरक्षा योजना प्रभावकारी बनाउन आईजीपी केसीको निर्देशन

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २२, आइतबार ११:५९

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले चाडपर्वलाई लक्षित गरी काठमाडौं उपत्यकामा प्रभावकारी सुरक्षा योजना बनाएर कार्यान्वयन गर्न प्रहरी अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको आयोजनामा आइतबार नेपाल प्रहरी ब्लू प्याभिलियनमा आयोजित निर्देशन सम्बोधन कार्यक्रममा उनले उपत्यकामा हुन सक्ने सम्भावित सुरक्षा चुनौती पहिचान गरी आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

चाडपर्वका समयमा शान्ति सुरक्षा कायम राख्दै नागरिकलाई सुरक्षित वातावरणमा पर्व मनाउने अवस्था सुनिश्चित गर्न उनले प्रहरी अधिकारीहरूलाई आग्रह गरे । आईजीपी केसीले उच्च व्यावसायिकता, अनुशासन, जिम्मेवारीबोध र प्रतिबद्धताका साथ परिणाममुखी कार्यसम्पादन गर्न पनि निर्देशन दिए ।

कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा ट्राफिक प्रहरी कार्यालयका प्रमुख, जिल्ला प्रहरी परिसरका प्रमुख, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा गण, गुल्मलगायत मातहतका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूको उपस्थिति थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.