पाख्रिबासमा जुवा खेलिरहेका १५ जना पक्राउ

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २२, आइतबार १३:१७

धनकुटा। धनकुटाको पाख्रिबासमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ । उनीहरूबाट ३ लाख १३ हजार ३ सय रुपैयाँ नगद र जुवा खेल्न प्रयोग गरिने १६ वटा कौडा बरामद गरिएको छ ।

पाख्रिबास नगरपालिका–४ मा गणेश गुरुङको घरमा जुवा खेल भइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले छापा मारेको थियो । त्यसक्रममा कौडा खेलिरहेका १५ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनास्थलबाट १६ वटा कौडा र १६ हजार ५ सय रुपैयाँ फेला परेको थियो । पक्राउ परेकाहरूको साथबाट थप २ लाख ९६ हजार ८ सय रुपैयाँ बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले बरामद नगदको कुल रकम ३ लाख १३ हजार ३ सय रुपैयाँ रहेको जानकारी दिए । पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.