
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गाई तिहारका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा गाईको पूजा गरेका छन् ।
उनले धनधान्यकी देवी लक्ष्मीको प्रतीकका रूपमा गाईको विधिपूर्वक पूजा गरी खानेकुरा खुवाएका हुन् ।
तिहारमा समृद्धि र सौभाग्यको प्रतीक मानेर गाईको पूजा गर्ने तथा सम्मान व्यक्त गर्ने परम्परा छ ।

























