तीन महिनामा पौने १२ करोडको तास आयात

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २३, सोमबार १३:३०

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउनदेखि असोजसम्म) मा नेपालमा ११ करोड ६८ लाख १५ हजार रुपैयाँ बराबरको तास आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार दसैँ–तिहारलाई लक्षित गर्दै यस अवधिमा ३४ लाख २२ हजार ६ सय ६१ बट्टा तास भित्रिएको हो ।

एकातिर नेपाल प्रहरीले गाउँदेखि सहरसम्म तास खेल्नेहरूलाई पक्राउ गरिरहेको छ भने अर्कोतिर भन्सार नाकाबाट लाखौँ बट्टा तास भित्रिइरहेका छन् । तास आयातबाट सरकारले उल्लेख्य राजस्वसमेत संकलन गरेको तथ्याङ्कले देखाउँछ ।

पहिलो त्रैमासमा आयात भएको तासबाट सरकारले ७ करोड ७ लाख ७४ हजार रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ । यो तासको आयात मूल्यको करिब ६० प्रतिशत हो ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.