
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत मंगलबार (आज) सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेल सुदूरपश्चिमका लागि प्लेअफ यात्रा सहज बनाउने महत्त्वपूर्ण अवसर हुनेछ।
यस सिजनमा पाँच खेल खेलेको सुदूरपश्चिमले तीन जित र दुई हारसहित ६ अंक जोडेको छ। अंक तालिकाको तेस्रो स्थानमा रहेको सुदूरपश्चिम आजको खेल जित्दै प्लेअफमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ।
लिग चरणका खेल निर्णायक बन्दै जाँदा सुदूरपश्चिमका लागि आजको जितले अंक तालिकामा आफ्नो स्थिति थप मजबुत बनाउनेछ। यता जनकपुर पनि जितको लक्ष्यसहित मैदान उत्रनेछ।
प्रतियोगिताको प्लेअफ समीकरण रोचक बन्दै गइरहेका बेला दुवै टोलीबीचको आजको प्रतिस्पर्धालाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।



















