भोजपुरका किसानलाई धान भित्र्याउने चटारो

Share this
678shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २४, मंगलबार ११:१०

भोजपुर । तिहारको रमझमसँगै भोजपुरका किसानलाई धानबाली भित्र्याउने चटारो बढेको छ । पाकेको धान काट्ने, सुकाउने र भण्डारण गर्ने काममा किसान व्यस्त हुँदा चाडपर्व मनाउनसमेत पर्याप्त समय पाउन सकेका छैनन् ।

भोजपुर नगरपालिका–५ का किसान रुपनारायण फुयालले कात्तिक १६ गतेदेखि अर्मपर्म गरेर धान भित्र्याउन थाले पनि काम नसकिएको बताए । यही गतिमा काम गर्दा मङ्सिर दोस्रो सातासम्म धान भण्डारणमै व्यस्त हुनुपर्ने उनको भनाइ छ ।

खेतीपातीका लागि कामदार अभाव हुँदा धान भित्र्याउन ढिलाइ भएको किसानले बताएका छन् । धान काट्ने, बोक्ने, झाँट्ने र भण्डारण गर्ने काममा बढी श्रम र समय लाग्ने भएकाले तिहारको रमाइलोमा समेत पर्याप्त समय दिन नपाएको उनीहरूको गुनासो छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.