देउसी–भैलोका नाममा विकृत गतिविधि गर्नेलाई कारबाही गर्ने गृहमन्त्रीको चेतावनी

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २४, मंगलबार २०:५१

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चाडपर्वका नाममा हुने अश्लील तथा अमर्यादित गतिविधि नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

मंगलबार फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले मौलिक परम्परा र सांस्कृतिक मर्यादामा आँच आउने गरी देउसी–भैलो खेल्ने क्रममा हुने विकृत गतिविधिलाई कानुनबमोजिम कडाइका साथ नियन्त्रण गरिने बताएका हुन् ।

गृहमन्त्री गुरुङले यस्ता गतिविधिप्रति गृह मन्त्रालय गम्भीर रहेको उल्लेख गर्दै त्यस्ता क्रियाकलाप देखिए तत्काल प्रहरीको १०० नम्बरमा खबर गर्न आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.