हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २७, शुक्रबार ०६:१८

काठमाडौं । देशका हिमाली तथा पहाडी क्षेत्रमा आज (शुक्रबार) आंशिक बदली हुने भएको छ । केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेकाले हिमाली र पहाडी क्षेत्रको मौसममा सामान्य परिवर्तन देखिएको हो । हाल केही भू–भागमा आंशिक बादल लागेको छ ।

तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहेको छ । शुक्रबार तराईको मौसममा उल्लेख्य परिवर्तन नहुने र आकाश मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।

हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने भएकाले त्यस क्षेत्रको मौसममा सामान्य सतर्कता अपनाउनुपर्ने देखिन्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.