विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारीमा कार्कीको अनिच्छा, प्रधानमन्त्री कार्यालयको पत्र नै अस्वीकार

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २७, शुक्रबार १४:०६

काठमाडौं । सरकारले पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने निर्णय गरे पनि उनले नयाँ जिम्मेवारी स्वीकार गरेका छैनन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जिम्मेवारी तोकिएको पत्र उपलब्ध गराउन खोज्दा कार्कीले अहिलेसम्म बुझेका छैनन् । कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को विशेष सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको थियो । तर, सरकारको निर्णयलाई चुनौती दिँदै कार्कीले भोलिपल्टै सर्वोच्च अदालतमा रिट दायर गरेपछि उनको नयाँ जिम्मेवारी अन्योलमा परेको छ ।

सरकारले कार्कीका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छुट्टै कार्यकक्षसमेत तयार गरिसकेको छ । कार्यालयका एक उच्च अधिकृतका अनुसार कोठा नम्बर २०७ मा कार्कीको नामसहित नेमप्लेट राखेर कार्यकक्ष तयार पारिएको छ । प्रधानमन्त्री शाहको कार्यकक्ष रहेकै तलामा उनको कार्यालय व्यवस्थापन गरिएको हो ।

प्रधानमन्त्री कार्यालयका अधिकारीहरूका अनुसार विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारीमा रहने कार्कीले सरकारका सचिवसरह सुविधा पाउनेछन् । उनलाई छुट्टै कार्यकक्षसँगै सवारीसाधन र चालकको व्यवस्थासमेत गर्ने तयारी छ ।

तर, सरकारले गरेको जिम्मेवारी हेरफेरको निर्णय नै गैरकानुनी भएको दाबीसहित अदालत पुगेका कार्की नयाँ पदमा हाजिर हुन इच्छुक देखिएका छैनन् । मन्त्रिपरिषद्को निर्णयअनुसार नयाँ जिम्मेवारीको पत्रसमेत नबुझेका उनी पछिल्लो समय सम्पर्कमा आउन पनि चाहेका छैनन् । उनी निकटस्थहरूका अनुसार यसअघि प्रयोग गर्दै आएको मोबाइल नम्बरसमेत उनले चलाउन छाडेका छन् ।

यसैबीच, कार्कीले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा कात्तिक ३० गते पहिलो सुनुवाइ हुँदैछ । अदालतको सुनुवाइबाट सरकारको निर्णयको वैधानिकता प्रमाणित हुनेछ ।

यसअघि ३३औँ प्रहरी महानिरीक्षक रहेका कार्कीलाई हटाएर सरकारले डा. मनोजकुमार केसीलाई नयाँ आईजीपी नियुक्त गरिसकेको छ । केसीले प्रहरी संगठनको नेतृत्व सम्हालिसके पनि कार्कीको नयाँ जिम्मेवारी भने पत्र नबुझेकै कारण कार्यान्वयनमा आउन सकेको छैन ।

तपाइको प्रतिक्रिया
रुखबाट खसेर मृत्यु
सर्वोच्चमा चार जना नयाँ न्यायाधीश, प्रधान न्यायाधीश शर्माले गराए शपथ
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको जित, अपराजित यात्रासहित प्लेअफमा
केराबारीमा महिलाको मृत्यु प्रकरण : श्रीमान अनुसन्धानको दायरामा, उपचारका लागि धरान पठाइयो
युरोपेली राजनीतिक समुदायको शिखर सम्मेलन सुरु
सरकारले दियो सार्वजनिक बिदा
गहना लुटेर महिलाको हत्या गर्ने फरार अभियुक्त सीमाबाट पक्राउ
विराटनगरका १९ वटै वडामा जग्गा बाँडफाँटको बाटो खुल्यो, भू–सेवा पनि सुरु गरिँदै
उर्लाबारीमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ 
सुनसरीमा ब्राउन सुगर र गाँजासहित सात जना पक्राउ
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले दियो काठमान्डुलाई १२६ रनको लक्ष्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.