सुनसरीमा ब्राउन सुगर र गाँजासहित सात जना पक्राउ

Share this
757shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २७, शुक्रबार १४:३८
उर्लाबारीमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ 

सुनसरी । सुनसरीका विभिन्न स्थानबाट प्रहरीले लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन), गाँजा र प्रतिबन्धित औषधिसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले छुट्टाछुट्टै स्थानमा गरेको चेकजाँच तथा खानतलासीका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार कोशी गाउँपालिका–१ लौकही पूर्व बसस्टेण्डबाट ५.३४ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । शुक्रबार दिउँसो १२ः२० बजे पश्चिमबाट पूर्वतर्फ पैदल आउँदै गरेका धरान उपमहानगरपालिका–१ का २५ वर्षीय अमर दर्जीलाई शंका लागेर चेकजाँच गर्दा उनले मलद्वारमा लुकाएर ल्याएको अवस्थामा ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै, इटहरी उपमहानगरपालिका–३ त्रिवेणी चोकस्थित रविन भुजेलको घरबाट ब्राउन सुगर, नाइट्राजेपाम ट्याब्लेट र नगदसहित तीन जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा प्रहरीले बिहीबार राति ९ बजे घरमा खानतलासी गर्दा ०.९९ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ, नाइट्राजेपामका नौ ट्याब्लेट र एक हजार ७ सय ७७ रुपैयाँ बरामद गरेको थियो । पक्राउ पर्नेमा ३५ वर्षीय रविन भुजेल, २७ वर्षीय किशोर राई र २२ वर्षीय विवेक माझी रहेका छन् ।

यसैगरी, बराहक्षेत्र नगरपालिका–११ खुनियाधारबाट ०.८१ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । बिहीबार साँझ ४ः५० बजेतिर प्रहरी चौकी मधुवनबाट खटिएको टोलीले शंकाका आधारमा चेकजाँच गर्दा भोक्राहा नरसिंह गाउँपालिका–१ का २६ वर्षीय जीवन उराउको साथबाट ब्राउन सुगर बरामद गरेको हो ।

यस्तै, देवानगन्ज गाउँपालिका–५ पाल टोलबाट चार किलो ६० ग्राम गाँजासहित तीन जना पक्राउ परेका छन् । नेपालबाट भारततर्फ जाँदै गरेको प्रदेश १–०२–००४ ह ९६६९ नम्बरको सिटी सफारी तथा त्यससँगै रहेका दुई मोटरसाइकललाई संयुक्त प्रहरी टोलीले बिहीबार साँझ ७ः२० बजेतिर चेकजाँच गरेको थियो ।

सिटी सफारीमा लोड गरी लैजाँदै गरेको अवस्थामा गाँजा फेला परेपछि सफारी चालक बर्जु गाउँपालिका–५ का २७ वर्षीय डोमा पासवान को १५ प ९६५६ नम्बरको मोटरसाइकल चालक सोही स्थानका २३ वर्षीय पवनकुमार यादव र भारतीय नम्बर प्लेटको बीआर ३८ एएन ५२६१ नम्बरको मोटरसाइकल चालक भारतको अररिया जिल्लाका २३ वर्षीय सोनु यादवलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया
रुखबाट खसेर मृत्यु
सर्वोच्चमा चार जना नयाँ न्यायाधीश, प्रधान न्यायाधीश शर्माले गराए शपथ
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको जित, अपराजित यात्रासहित प्लेअफमा
केराबारीमा महिलाको मृत्यु प्रकरण : श्रीमान अनुसन्धानको दायरामा, उपचारका लागि धरान पठाइयो
युरोपेली राजनीतिक समुदायको शिखर सम्मेलन सुरु
सरकारले दियो सार्वजनिक बिदा
गहना लुटेर महिलाको हत्या गर्ने फरार अभियुक्त सीमाबाट पक्राउ
विराटनगरका १९ वटै वडामा जग्गा बाँडफाँटको बाटो खुल्यो, भू–सेवा पनि सुरु गरिँदै
उर्लाबारीमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ 
सुनसरीमा ब्राउन सुगर र गाँजासहित सात जना पक्राउ
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले दियो काठमान्डुलाई १२६ रनको लक्ष्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.