राप्रपाको महाधिवेशन प्रतिनिधि छनोट मंसिर ४ देखि

Share this
658shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २८, शनिबार १३:२२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रिया मंसिर ४ गतेदेखि सुरु हुने भएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार विभिन्न तहका अधिवेशनबाट निर्वाचित अध्यक्षहरू पदेन प्रतिनिधिका रूपमा महाधिवेशनमा सहभागी हुनेछन् । पदेन प्रतिनिधिबाहेक अन्य प्रतिनिधि सक्रिय सदस्यहरूमध्येबाट छनोट गरिनेछन् ।

गाउँपालिका, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश तहका अधिवेशनबाट निर्वाचित अध्यक्षहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने श्रेष्ठले बताए ।

प्रदेशसभा निर्वाचन क्षेत्रभित्रका सक्रिय सदस्यहरूमध्येबाट पनि प्रतिनिधि निर्वाचित हुनेछन् । प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट महिला तीन जना, उत्पीडित एक जना र आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्र तथा अपांगता भएका व्यक्तिको प्रतिनिधित्व हुने गरी दुई जनासहित नौ जना प्रतिनिधि चयन गरिने व्यवस्था गरिएको छ ।

सबै प्रदेशसभा निर्वाचन क्षेत्रबाट निर्वाचित हुने प्रतिनिधिमा ४० वर्षमुनिका युवाको सहभागिता सुनिश्चित गर्नुपर्ने व्यवस्था रहेको श्रेष्ठले बताए । उनका अनुसार हिमाल, पहाड र तराईमा प्रतिशतका आधारमा विधान तथा निर्देशिकाले निर्धारण गरेको संख्या र मापदण्ड पूरा गरेका सक्रिय सदस्यहरूमध्येबाट योग्य प्रतिनिधि छनोट गरिनेछ । यसका लागि मंसिर ४ देखि १० गतेसम्मको समयसीमा तोकिएको छ ।

राप्रपाको केन्द्रीय महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुँदैछ । महाधिवेशनका लागि विभिन्न तहका अधिवेशन सम्पन्न भइसकेको र अब सक्रिय सदस्यहरूमध्येबाट प्रतिनिधि छनोट प्रक्रिया अघि बढाइने पार्टीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
लुम्बिनी क्वालिफायरमा, लिग चरणबाटै बाहिरियो विराटनगर
छठ : सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाउन प्रहरी महानिरीक्षकको निर्देशन
शिवसताक्षीमा कारको ठक्करले मोटरसाइकल चालकको मृत्यु
 
कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ
फिल्मको दृश्यमा पक्राउ, फेसबुकमा हर्कको प्रश्न !
एन्फाको अर्ली इलेक्सन गर्ने निर्णय बदर, नियमित निर्वाचन प्रक्रिया अघि बढाउने
‘मधेशमा परिवर्तनको अनुभूति नभए अर्को पटक भोट माग्न आउँदिनँ’
एनपीएलमा लुम्बिनीले टस जित्यो, विराटनगरलाई ब्याटिङको निम्तो
सलमानको ‘मातृभूमि’ : चर्चामा नेपाली अभिनेता अनुपविक्रम शाही
मधेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु, दाबी पेस गर्न आह्वान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.