कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २८, शनिबार १९:२१
 

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वकोषाध्यक्ष उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार महेशलाई शनिबार दिउँसो कीर्तिपुरको पाँगाबाट पक्राउ गरिएको हो । घिमिरेले महेश पक्राउ परेको पुष्टि गरे पनि पक्राउको कारण भने खुलाएका छैनन् ।

प्रहरी स्रोतका अनुसार विवादित बिचौलिया इनम सापकोटासँगको सम्पर्क र उनीसँग भएको भनिएको बैंकिङ कारोबारका विषयमा अनुसन्धान गर्ने क्रममा महेशलाई पक्राउ गरिएको हो ।

इनम सापकोटामाथि सम्पत्ति शुद्धीकरण तथा आर्थिक कारोबारसँग सम्बन्धित विषयमा अनुसन्धान भइरहेको छ । उनको मोबाइलमा भेटिएका संवाद र विभिन्न व्यक्तिसँगको सम्पर्कका आधारमा प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । यसै क्रममा महेशको सापकोटासँगको सम्पर्क र बैंकिङ कारोबारबारे पनि अनुसन्धान भइरहेको प्रहरी स्रोतको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.