शिवसताक्षीमा कारको ठक्करले मोटरसाइकल चालकको मृत्यु

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २८, शनिबार १९:५९

झापा । झापाको शिवसताक्षी नगरपालिका-८ स्थित बुद्धचोकमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका-३ निवासी २१ वर्षीय साहित गजमेर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शनिबार साँझ करिब ५:१५ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत बुद्धचोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३-०१-०२४ च ८०३५ नम्बरको कारले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ३३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका गजमेरको उपचारका क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
लुम्बिनी क्वालिफायरमा, लिग चरणबाटै बाहिरियो विराटनगर
छठ : सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाउन प्रहरी महानिरीक्षकको निर्देशन
शिवसताक्षीमा कारको ठक्करले मोटरसाइकल चालकको मृत्यु
 
कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ
फिल्मको दृश्यमा पक्राउ, फेसबुकमा हर्कको प्रश्न !
एन्फाको अर्ली इलेक्सन गर्ने निर्णय बदर, नियमित निर्वाचन प्रक्रिया अघि बढाउने
‘मधेशमा परिवर्तनको अनुभूति नभए अर्को पटक भोट माग्न आउँदिनँ’
एनपीएलमा लुम्बिनीले टस जित्यो, विराटनगरलाई ब्याटिङको निम्तो
सलमानको ‘मातृभूमि’ : चर्चामा नेपाली अभिनेता अनुपविक्रम शाही
मधेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु, दाबी पेस गर्न आह्वान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.