ताप्लेजुङमा दुई बस ठोक्किँदा तीन जना घाइते

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २९, आइतबार ०८:५१

ताप्लेजुङ । मेची राजमार्गअन्तर्गत ताप्लेजुङ-काबेली सडकखण्डको पाथीभरा याङवरक गाउँपालिका-१ स्थित खहरेमा दुई बस एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् ।

विपरीत दिशाबाट आइरहेका बस शनिबार साँझ ठोक्किँदा घाइते तीनै जनाको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरूको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईंले जानकारी दिए । घाइतेलाई उपचारका लागि पाँचथर जिल्ला अस्पताल पठाइएको छ ।

दुर्घटनामा भक्तपुर नगरपालिका-३ वंशगोपालका अन्दाजी ४८ वर्षीय लक्ष्मी सोनेप, सूर्यविनायक नगरपालिका-६ फलाटेका अन्दाजी ३८ वर्षीया सुनिता सोहङमिखा र काठमाडौंको तारकेश्वर नगरपालिका-४ की अन्दाजी ४७ वर्षीया सुनिता कटुवाल घाइते भएका छन् ।

प्रहरीका अनुसार ताप्लेजुङबाट झापातर्फ जाँदै गरेको प्रदेश ३-०१-००६ ख ०५९६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०१-००६ ख ५६५८ नम्बरको बस खहरेमा ठोक्किएका हुन् । घटनास्थलमा उद्धार तथा थप अनुसन्धानका लागि प्रहरी सहायक निरीक्षक कृष्णकुमार माझीको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.