पेट्रोल छर्केर आगो लगाइएका चौधरीको मृत्यु

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २९, आइतबार ०९:५२
प्रतीकात्मक तस्बिर

काठमाडौं । दाङमा आफ्नै साथीले पेट्रोल छर्केर आगो लगाउँदा घाइते भएका ४९ वर्षीय रूपलाल चौधरीको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डा. हेमबहादुर केसीका अनुसार बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत चौधरीको आज बिहान ६ बजे मृत्यु भएको हो ।

राजपुर गाउँपालिका–२ खालगैरास्थित मटेरियाका चौधरीमाथि सोही ठाउँका ३८ वर्षीय त्रिलोकसिंह कार्कीले शनिबार पेट्रोल छर्केर आगो लगाएका थिए । घटनापछि कार्की फरार भएका थिए । प्रहरीका अनुसार दुवै जना साथी हुन् । उनीहरू सँगै बसेर मदिरा सेवन गरिरहेका बेला भनाभन भएको थियो । त्यसपछि कार्कीले मोटरसाइकलमा हाल्न बोतलमा ल्याएको पेट्रोल चौधरीमाथि खन्याएर आगो लगाएको प्रहरीको भनाइ छ ।

घटनापछि फरार भएका कार्कीलाई प्रहरीले आइतबार लमही नगरपालिका–५ रातोडाँडाबाट नियन्त्रणमा लिएको थियो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.