
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम सोमबार पनि जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार सोमबार सुन प्रतितोला दुई लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य प्रतितोला दुई लाख ७० हजार २०० रुपैयाँ थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी प्रतितोला ८० रुपैयाँले घटेर तीन हजार ५२० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार सोमबार १० ग्राम सुनको मूल्य दुई लाख ३० हजार ७१० रुपैयाँ र चाँदीको मूल्य तीन हजार १८ रुपैयाँ कायम भएको छ । पछिल्ला केही दिनदेखि सुनको मूल्य निरन्तर घटिरहेको छ ।



















