भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ

Share this
680shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ३०, सोमबार १७:२८

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार छली अवैध रूपमा सुन लैजान खोज्ने एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

विमानस्थल सुरक्षा कार्यालयका अनुसार आइतबार राति हङकङबाट क्याथे प्यासिफिक एयरमार्फत काठमाडौं आएका चीनको गुआङ्दोङका ४२ वर्षीय झाङ गुओछिङ पक्राउ परेका हुन् ।

शंकास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा उनले लगाएको भित्री वस्त्रभित्र प्लास्टिकले बेरेर लुकाइएको सुनजस्तो देखिने पहेँलो गोलाकार अर्धठोस पदार्थ फेला परेको प्रहरीले जनाएको छ । दुई थानमा रहेको उक्त पदार्थको तौल ६३५.९६ ग्राम रहेको अनुमान गरिएको छ ।

पक्राउ परेका चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.