
इलाम । किरात धर्मगुरु ७३औं शुभजन्मोत्सव विशेष १९औं आत्मानन्द गोल्डकप–२०८३ आउँदो मंसिर ९ गतेदेखि १७ गतेसम्म इलामको माङसेबुङमा सञ्चालन हुने भएको छ । प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।
माङसेबुङ गाउँपालिकास्थित आत्मानन्द खेलमैदानमा हुने यस प्रतियोगिताको उद्घाटन खेल मंसिर ९ गते दिउँसो २ः३० बजे सिरिजङ्गा स्पोटिङ क्लब, पथरी शनिश्चरे, मोरङ र तिजोक युवा क्लब, फाल्गुनन्द, पाँचथरबीच हुनेछ ।
प्रतियोगितामा विभिन्न टिमहरूको सहभागिता छ । खेल तालिका अनुसार मंसिर ९ गते युथ अफ माङसेबुङ र लेटाङ फुटबल क्लब, मोरङबीच प्रतिस्पर्धा हुनेछ भने मंसिर १० गते सैनिक युथ क्लब, विर्तामोड, झापा र मधेसा युवा क्लब, इनरुवा, सुनसरीबीच खेल हुनेछ ।
त्यस्तै, मंसिर १२ गते माङसेबुङ गाउँपालिका र आरएलएस दार्जिलिङ, भारतबीच खेल हुनेछ ।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेल मंसिर १४ गते र दोस्रो सेमिफाइनल खेल मंसिर १५ गते हुनेछ । यसैगरी, उपाधि भिडन्तका लागि फाइनल खेल मंसिर १७ गते दिउँसो २ः३० बजे हुने आयोजकले जनाएको छ ।
आत्मा–पवित्रा हकियात यक्चुम, मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन नुमाङ्रेच्छा सेवा महासमारोह समितिको आयोजनामा हुने यस प्रतियोगितामा युथ अफ माङसेबुङ र वाईकेएम सहआयोजक रहेका छन् ।



















