थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर १, मंगलबार १२:१३

एजेन्सी । थाइल्यान्डको पाटोङमा सोमबार बिहान चारतले व्यावसायिक भवनमा भीषण आगलागी हुँदा ११ जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान करिब ३ः३० बजे रेस्टुरेन्ट तथा आवासीय प्रयोजनका लागि प्रयोग हुँदै आएको भवनमा आगलागी भएको थियो । आगो नियन्त्रणमा लिन दमकलकर्मीलाई करिब दुई घण्टा लागेको थियो ।

आगलागी नियन्त्रणमा आएपछि भवनभित्र खोजी गर्दा ११ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा थाइल्यान्ड र म्यानमारका नागरिक रहेका छन् ।

घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । उनीहरूलाई धुवाँका कारण श्वासप्रश्वासमा समस्या हुनुका साथै सिसा फुट्दा चोट लागेको बताइएको छ ।

आगलागीको वास्तविक कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान अघि बढाएको छ । घटनापछि थाइल्यान्डका व्यावसायिक भवन तथा मनोरञ्जनस्थलमा अपनाइने अग्नि सुरक्षा व्यवस्थाबारे पुनः बहस सुरु भएको छ ।

थाइल्यान्डमा यसअघि पनि यस्ता आगलागीका ठूला घटना भएका छन् । गत जुलाईमा बैंककको एक व्यस्त बारमा विद्युतीय सर्ट सर्किटका कारण आगलागी हुँदा करिब ४० जनाको मृत्यु भएको थियो ।

त्यस्तै, सन् २००९ मा नयाँ वर्षको उत्सवका क्रममा बैंककस्थित सान्तिका क्लबमा आगलागी हुँदा ६७ जनाले ज्यान गुमाएका थिए भने २०० भन्दा बढी घाइते भएका थिए ।

पछिल्ला घटनाले थाइल्यान्डमा भवन निर्माण, अग्नि नियन्त्रण, सुरक्षा मापदण्ड र आपत्कालीन उद्धार प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकतालाई पुनः उजागर गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.