
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । मंगलबार प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ६ हजार ३०० रुपैयाँले घटेर २ लाख ६० हजार ९०० रुपैयाँ कायम भएको छ ।
आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख २३ हजार ६८० रुपैयाँ तोकिएको छ ।
चाँदीको मूल्य पनि आज तोलामा ११० रुपैयाँले घटेको छ । मंगलबारको तुलनामा घटेर चाँदी प्रतितोला ३ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ । १० ग्राम चाँदीको मूल्य २ हजार ८९८ रुपैयाँ तोकिएको छ ।

























