सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात घाइते

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ३, बिहीबार ११:१३
काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेस्थित हेटौँडा–भैँसे सडकखण्डमा यात्रुवाहक सुमो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् ।
बिहीबार बिहान करिब ८ः३५ बजे रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं आउँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेको हो ।
दुर्घटनामा चालकसहित १० जना घाइते भएका थिए । प्रहरीले तत्काल उद्धार गरी उनीहरूलाई उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याएको थियो । अस्पतालमा बिहान ९ः२० बजे चिकित्सकले तीन जनालाई मृत घोषणा गरेका हुन् ।
अन्य सात जना घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.