दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा

Share this
699shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ३, बिहीबार २०:१३

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) को आयोजनामा हुने आठौं दक्षिण एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगिताको तयारी पूरा भएको छ । शुक्रबारदेखि सुरु हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक महासंघका महासचिव घमबहादुर थापाले जनाएका छन् ।

प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, अफ्गानिस्तान र इथोपियाबाट करिब ७ सय ५० खेलाडी सहभागी हुने बताइएको छ । प्रतियोगितामा जुनियर, क्याडेट, युथ, एडल्ट र भेट्रानमा सिंगल÷ग्रुप स्पाइरिङ र प्याटर्न तथा सेल्फ डिफेन्स विधामा प्रतिस्पर्धा हुनेछ । कुल ३ सय ६० स्वर्णका लागि भिडन्त हुनेछ ।

प्रतियोगिताका लागि दक्षिण एसियाली आईटीएफ तेक्वान्दो महासंघका अध्यक्ष ग्रान्ड मास्टर राजेन्द्रन बलान र महासचिव महासचिव अब्दु रहिमन मंगला सेरीलगायतको टोली पनि काठमाडौं आइसकेको आयोजक महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीले बताए ।

सहभागी सबै राष्ट्रबाट सहभागी हुने खेलाडी र अफिसियल काठमाडौं आइकेको महासचिव थापाले बताए । तीनदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल हुनेछ ।

नेपालले दक्षिण एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगिता आयोजना गर्न लागेको यो पाँचौंपटक हो । बाँकी ३ संस्करण भारतले आयोजना गरेको थियो ।

तपाइको प्रतिक्रिया
उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्ने
चितवनको चुनौती पन्छाउँदै सुदूरपश्चिम फाइनलमा
रोहिंग्या नरसंहारमा अन्तर्राष्ट्रिय न्यायालयद्वारा म्यानमार दोषी ठहर
दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा
केराबारीमा ३७ वर्षीया महिलाद्वारा आत्मदाह प्रयास
केराबारीमा महिलाद्वारा आत्मदाहकाे प्रयास
३६२ आयोजना र निर्माण व्यवसायीलाई जोगाउनु मेरो पहिलो प्राथमिकता हो : केशरकुमार बुढाथोकी (भिडियोसहित)
एमालेको प्रतिवेदनमा छैन कम्युनिस्ट एकताको चर्चा
एमाले केन्द्रीय कमिटीका २१ बुँदे निर्णय सार्वजनिक, के–के छन् प्रस्तावमा ?
कोशीमा निर्माण व्यवसायीको चुनाव : केशरकुमार बुढाथोकीको नेतृत्वमा नयाँ खाका, संकट समाधानदेखि पुस्तान्तरणसम्म
नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृतविरुद्ध मुद्दा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.