चितवनको चुनौती पन्छाउँदै सुदूरपश्चिम फाइनलमा

Share this
634shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ३, बिहीबार २१:०५

काठमाडौं । थारिन्दु रत्नायकेको संयमित ब्याटिङको मद्दतमा सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै सुदूरपश्चिमले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो ।

चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा सात विकेट गुमाएर पूरा गर्‍यो । कठिन अवस्थामा क्रिजमा टिकेर खेलेका थारिन्दुले टोलीलाई जितसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।

यसअघि पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३३ रन बनाएको थियो । उसका लागि डाविड मलानले सर्वाधिक ७१ रनको योगदान दिए । उनले ५१ बलमा नौ चौका र दुई छक्का प्रहार गरे । सलाउद्दिन खानले १८ तथा कमलसिंह ऐरीले १० रन बनाए ।

सुदूरपश्चिमका स्कट कुगेलेइनले तीन तथा थारिन्दु रत्नायकेले दुई विकेट लिए । दीपेन्द्रसिंह ऐरी, इशान पाण्डे र हेमन्त धामीले एक–एक विकेट हात पारे ।

यस जितसँगै सुदूरपश्चिम लगातार तेस्रो पटक एनपीएलको फाइनलमा पुगेको छ । अब उसले उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी फाइनल पुगिसकेको छ ।

तपाइको प्रतिक्रिया
उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्ने
चितवनको चुनौती पन्छाउँदै सुदूरपश्चिम फाइनलमा
रोहिंग्या नरसंहारमा अन्तर्राष्ट्रिय न्यायालयद्वारा म्यानमार दोषी ठहर
दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा
केराबारीमा ३७ वर्षीया महिलाद्वारा आत्मदाह प्रयास
केराबारीमा महिलाद्वारा आत्मदाहकाे प्रयास
३६२ आयोजना र निर्माण व्यवसायीलाई जोगाउनु मेरो पहिलो प्राथमिकता हो : केशरकुमार बुढाथोकी (भिडियोसहित)
एमालेको प्रतिवेदनमा छैन कम्युनिस्ट एकताको चर्चा
एमाले केन्द्रीय कमिटीका २१ बुँदे निर्णय सार्वजनिक, के–के छन् प्रस्तावमा ?
कोशीमा निर्माण व्यवसायीको चुनाव : केशरकुमार बुढाथोकीको नेतृत्वमा नयाँ खाका, संकट समाधानदेखि पुस्तान्तरणसम्म
नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृतविरुद्ध मुद्दा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.