
इलाम । इलामकी ब्याडमिन्टन खेलाडी निशाम हाङ्मा सुब्बा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ का लागि छनोट भएकी छन्।
कोशी प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट उनी महिलातर्फ प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय खेलकुदमा सहभागी हुन छनोट भएकी जिल्ला ब्याडमिन्टन संघले जनाएको छ ।
कर्णाली प्रदेशको सुर्खेतसहित विभिन्न सात जिल्लामा आयोजना हुने प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुनेछ।

























