
विराटनगर । मेचीबाट नेपाल पैदल यात्रामा निस्किएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. अमेरशकुमार सिंहले मोरङको रंगेलीमा रहेको संसारीमाई मन्दिरमा विशेष पूजाआजा गर्दै यात्रालाई निरन्तरता दिएका छन्। देशका विभिन्न धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थलको अवलोकन गर्दै पैदल यात्रा गरिरहेका सिंहले शुक्रबार बिहान संसारीमाई मन्दिर पुगेर विधिपूर्वक पूजापाठ तथा दर्शन गरेका हुन्।
मन्दिरमा बिहानै पुगेर माता संसारीमाईको पूजाआजा गरेपछि उनले आफ्नो पैदल यात्रालाई पुनः अघि बढाएका छन्। धार्मिक आस्थासँग जोडिएको यस मन्दिरमा सिंहले गरेको पूजाआजाले रंगेलीको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई थप उजागर गरेको छ।
मेचीबाट सुरु भएको उनको नेपाल पैदल यात्राले विभिन्न स्थानका धार्मिक तथा ऐतिहासिक सम्पदाको पहिचान र प्रचारप्रसारमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

























