लामो समयदेखि बन्द धनकुटाको निगाले सिमेन्ट उद्योग सञ्चालन अनिश्चित

Share this
690shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ८, मंगलबार १५:१२

धनकुटा । आर्थिक सङ्कट, कच्चा पदार्थको अभाव र उत्पादन लागत बढेपछि धनकुटाको निगाले सिमेन्ट उद्योग लामो समयदेखि बन्द छ । उद्योग बन्द हुँदा १५० भन्दा बढी कर्मचारी तथा मजदुर बेरोजगार बनेका छन् भने कोशी प्रदेशका पहाडी जिल्लामा सिमेन्ट आपूर्तिसमेत प्रभावित भएको छ ।

छथर जोरपाटी गाउँपालिका–६, सिधुवाँमा रहेको उद्योगको दैनिक उत्पादन क्षमता ६ हजार बोरा थियो । तर आर्थिक मन्दी र बजारमा माग घटेपछि उत्पादन दैनिक तीन हजार बोरामा सीमित भएको सञ्चालक दिनेश पौडेलले बताए ।

भौगोलिक अवस्था र चिसो मौसमका कारण उद्योग सुरुदेखि नै पूर्ण क्षमतामा सञ्चालन हुन सकेको थिएन। दैनिक ३०० टन उत्पादन क्षमता भए पनि वास्तविक उत्पादन १५० टनमा सीमित थियो ।

ठूला उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्नु र कच्चा पदार्थको मूल्य बढ्नुले उद्योग थप सङ्कटमा परेको पौडेलले बताए । भारतबाट आयात गरिने कोइला, बक्साइट, लेटराइट र जिप्समको मूल्य उच्च हुँदा उत्पादन लागत बढेको थियो । निरन्तर घाटा भएपछि उद्योग बन्द गर्नुपरेको र तत्काल पुनः सञ्चालन गर्ने तयारी वा सम्भावना नरहेको उनले बताए ।

तपाइको प्रतिक्रिया
नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कलमा ६० सेकेन्डको पल्स अवधि लागू
नेप्से परिसूचक १५ अङ्कले बढ्यो, पाँच अर्ब ५५ करोडको कारोबार
चीनका सरकारी अधिकारीलाई जासुसीको आरोपमा मृत्युदण्ड
स्विस सहयोगका परियोजनालाई निरन्तरता दिने राजदूतको प्रतिबद्धता
आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट
राजनीति सत्ताकेन्द्रित हुँदा जनअपेक्षाअनुसार काम भएन: थापा
लामो समयदेखि बन्द धनकुटाको निगाले सिमेन्ट उद्योग सञ्चालन अनिश्चित
ठेक्का रद्द गर्ने प्रवृत्तिले राष्ट्रिय गौरवका आयोजना प्रभावित : सांसद महेन्द्रबहादुर शाही
बाल शिक्षालाई प्रभावकारी बनाउन कोशीमा प्रदेशस्तरीय शैक्षिक सम्मेलन हुँदै 
‘देश उंभो लाउने टोली’ भन्दै प्रधानमन्त्री बालेनले सार्वजनिक गरे मन्त्रीहरूसँगको तस्वीर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.