कोशीलाई हराउँदै महिला क्रिकेटमा आर्मीको विजयी सुरुआत

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ८, मंगलबार १९:४८

सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

सुर्खेतको वीरेन्द्रनगर रंगशालामा मंगलबार भएको खेलमा आर्मीले कोशी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको कोशीले सबै विकेट गुमाएर ६५ रन बनाएको थियो । कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३६ रन बनाइन् । उनले ३६ बलमा एक छक्का र पाँच चौका प्रहार गरिन् ।

आर्मीका यमुना थारुले चार ओभरमा दुई मेडन राख्दै ६ रन खर्चेर चार विकेट लिइन् । मनिषा उपाध्यायले दुई तथा कविता कुँवर, ईश्वरी विष्ट, लक्ष्मी साउँद र सङ्गीता गुरुङले एक–एक विकेट लिए ।

६६ रनको लक्ष्य आर्मीले १३ दशमलव १ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । आर्मीका लागि विन्दु रावलले सर्वाधिक २१, रुवी पोद्दारले १८, कविता कुँवरले अविजित १२ र अञ्जली विश्वकर्माले सात रन बनाइन् ।

कोशीकी रुविना क्षेत्रीले तीन तथा एलिशा खादियाले एक विकेट लिए । खेलमा आर्मीकी यमुना थारु प्लेयर अफ द म्याच घोषित भइन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताका अनुसार प्रतियोगिताअन्तर्गत नेपालगन्जमा पौडी, बर्दियामा टेनिस तथा सुर्खेतमा पुरुष फुटबल, महिला बास्केटबल र महिला क्रिकेटका खेल सञ्चालन भइरहेका छन् ।

तपाइको प्रतिक्रिया
कोशीलाई हराउँदै महिला क्रिकेटमा आर्मीको विजयी सुरुआत
ठगी प्रकरणमा पूर्वमन्त्रीसहितका आरोपीलाई थप दुई दिन हिरासतमा राख्न अनुमति
निःशुल्क शिक्षा कार्यान्वयनको माग गर्दै सर्वोच्चमा रिट
रेखाको ह्याट्रिकसँगै पुलिस ६–० ले विजयी, झापा गोल्डकपको सेमिफाइनलमा
विराट एक्स्पो अब व्यापारिक प्रदर्शनीमा मात्र सीमित नरहने
जथाभावी एन्टिबायोटिक प्रयोगले स्वास्थ्य जोखिम : मन्त्री पराजुली
नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कलमा ६० सेकेन्डको पल्स अवधि लागू
नेप्से परिसूचक १५ अङ्कले बढ्यो, पाँच अर्ब ५५ करोडको कारोबार
चीनका सरकारी अधिकारीलाई जासुसीको आरोपमा मृत्युदण्ड
स्विस सहयोगका परियोजनालाई निरन्तरता दिने राजदूतको प्रतिबद्धता
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.