सुजाता कोइरालासहित ६ महिला नेतृ केन्द्रीय सदस्यमा मनोनीत

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ९, बुधबार २०:०२

काठमाडौं । नेपाली कांग्रेसले सुजाता कोइरालासहित ६ जना महिला नेतृलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। पार्टीको केन्द्रीय कार्यसमिति बैठकले कोइरालासहित ईश्वरी न्यौपाने, चन्दा चौधरी, लक्ष्मी पाण्डे, साहजान खातुन र निपा चोख्याललाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकले उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ।

बैठकले उखुको मूल्य तत्काल निर्धारण गर्न र किसानले पाउन बाँकी भुक्तानी अविलम्ब उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ। उखु बिक्री गर्ने समय नजिकिँदै गर्दा सरकारले मूल्य निर्धारणमा ढिलाइ गरेपछि किसानमा बढेको चिन्ताप्रति कांग्रेसले गम्भीर चासो व्यक्त गरेको हो।

कांग्रेसले उखुको मूल्य निर्धारण गर्दा उत्पादन लागत र चिनीको बजार मूल्यलाई आधार बनाउनुपर्ने धारणा राखेको छ। साथै, उखु किसानले पाउन बाँकी रहेको रकम तत्काल भुक्तानी गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।

बैठकमा हालसम्म ४९ जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका छन्। सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेकाले केन्द्रीय कार्यसमितिको अर्को बैठक मंसिर १० गते बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ।

तपाइको प्रतिक्रिया
सुजाता कोइरालासहित ६ महिला नेतृ केन्द्रीय सदस्यमा मनोनीत
अग्रज साहित्यकार तथा पत्रकार भोजबहादुर कार्कीको निधन
कार्कीलाई आईजी पदबाट हटाउने निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार
खगेन्द्र सुनारविरुद्धको मुद्दामा प्रमाणबारे जानकारी गराउन आदेश
झापा–११ लाई हराउँदै एपीएफ दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको फाइनलमा
विराटनगर जुट मिल्स पुनः सञ्चालन गर्न लगानीकर्ता खोजिँदै
आनी छोइङको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश
महिला क्रिकेटमा कोशीको पहिलो जित, कर्णाली ४९ रनले पराजित
रतुवामाईमा दुई महिनापछि फेरिइन् प्रमुख प्रशासकीय अधिकृत
पत्रकारको विरोध प्रदर्शनप्रति एमाले सचिव बस्नेतको समर्थन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.