मलेसिया कामदार पठाउने प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर १०, बिहीबार १३:१४

काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । मलेसियामा नेपाली कामदार पठाउने प्रक्रियामा अवैध रूपमा रकम संकलन गरी विदेश पठाएको आरोपमा अर्याल पक्राउ परेका हुन् ।

गृह मन्त्रालय स्रोतका अनुसार अर्याललाई नियन्त्रणमा लिइएको हो । यद्यपि, उनलाई कहाँबाट र कहिले पक्राउ गरिएको भन्ने विवरण भने सार्वजनिक गरिएको छैन ।

वैदेशिक रोजगारीका नाममा भएको भनिएको आर्थिक अनियमिततासम्बन्धी अनुसन्धानका क्रममा अर्याललाई पक्राउ गरिएको बताइएको छ । यसअघि यही प्रकरणमा तत्कालीन श्रममन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवर, तत्कालीन श्रम सचिव विनोद केसीसहित १० जना पक्राउ परिसकेका छन्।

उनीहरूमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ।

पूर्वमुख्यसचिव अर्यालको पक्राउसँगै मलेसिया कामदार पठाउने प्रक्रियामा भएको भनिएको अनियमिततामा प्रशासनिक तथा राजनीतिक तहको संलग्नताबारे अनुसन्धान थप फराकिलो हुने देखिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.