मुलुकी दिवस : ऐनलाई सुधार गर्नुपर्नेमा विज्ञको जोड

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ १, शनिबार १७:५४

विराटनगर । मुलुकी ऐनलाई समय सापेक्ष सुधार गर्दे लानुपर्ने विज्ञहरुले बताएका छन् । अनेरास्ववियु पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ लले छैटौं मुलुकी ऐन दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमका वक्ताहरुले मुलुकी ऐनमा समय सापेक्ष परिमार्जन गर्दे लैजानु पर्ने बताएका हुन् ।

२०२० सालमा जारी मुलुकी ऐन भन्दा  १ भदाै  २०७५ बाट लागू भएको मुलुकी फौजदारी संहिता, मुलुकी देवानी संहिता, मुलुकी कार्यविधि संहिता प्रगतिशिल भए पनि प्रविधि र सूचना प्रणालीमा छिटो-छिटो परिवर्तन आउने भएकाले समय सापेक्ष परिवर्तन गर्नुपर्ने आवश्यकत्ता रहेकाे विज्ञहरुको भनाई छ ।

समय सापेक्ष परिवर्तन गर्नुपर्ने भएपनि पहिलेको मुलुकी ऐनमा भन्दा यसमा क्षतिपूर्तिको व्यवस्था भएको नेपाल बाहिर भएका लेनदेनका कुरालाई पनि यो ऐनले सम्बोधन गरेको कार्यान्वयनमा सरल भएको भन्दै मुलुकी ऐनको प्रशंसा गरेका छन् ।

शासकले बोलको कुरा नै कानुन हुने समाजमा मुलुकी ऐनले कानुनी शासनको परिकल्पना गरेको र त्यसैको निरन्तरता मुलुकी संहिता भएकाले भदौ एक गतेलाई कानुन व्यवसायी, न्यायकर्मी, विद्यार्थी र सर्वसाधारणले पनि सम्झनु पर्ने वक्ताहरुको भनाई छ ।

पूर्व प्रमुख न्यायधिवक्ता चुडामणी आचार्य, पूर्वाञ्चल विश्वविद्यालयका कानुनी सल्लाहकार देवी घिमिरे, उपप्राध्याप नवराज पाण्डे, राजकुमार बास्तोला लगायतले मुलुकी ऐन दिवसका अवसरमा धारणा राखेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.