
काठमाडौं । नेपालको टी–२० फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिग (एनपिएल) १७ मंसिरबाट गर्ने तयारी भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले १५ मंसिरदेखि ६ पुससम्म प्रतियोगिता गर्ने तयारी गरेको हो ।
दुई वर्ष अगाडि क्रिकेट संघले भारतीय कम्पनीलाई सम्पूर्ण अधिकार दिएर टी–२० लिग गरेको थियो । तर प्रतियोगिता विवादमा परेको थियो । क्यानमा नयाँ कार्यसमिति चयन भएपछि लिगलाई आफ्नै आयोजना गर्ने भएको हो ।
क्यानले हालै मात्र फ्रन्चाइज टोलीको स्वामित्वका लागि सूचना निकालेको थियो । ६ टिमका लागि १६ वटा आवेदन परेको छ । पूर्व कप्तान समेत रहेका क्रिकेट संघका सचिव पारस खड्काले सबैको सहयोग चाहिएको बताए ।



















