फाइल फाेटाेविराटनगर । विराटनगर महानगरपालिका -२ तीनपैनीमा रहेको एउटा गोदाममा आगलागी भएको छ ।
बिहीबार बेलुका साढे सात बजे अशोक गोथ्राले आफ्नै घरमा राखेको विजयलक्ष्मी गोदाममा आगलागी भएको हो।
गोदाममा लागेको आगो प्रहरी, दमकल र स्थानीयले करिब डेढ घण्टापछि निभाएका छन् ।
हार्डवेयर पसलको गोदाममा आगलागी हुँदा करिब २ लाख बराबरको सामान जलेर नष्ट भएको प्रहरीले बताएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा विद्युत सर्ट भई आगलागी भएको देखिएको प्रहरीले बताएको छ ।























