
विराटनगर । संखुवासभाको गढीडाँडा केन्द्रबिन्दु बनाएर शुक्रबार भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार दिउँसो ३ बजेर ७ मिनेटमा ३.९ म्याग्निच्युटको भूकम्प गएको जनाएको छ ।
गढीडाँडा बजार आसपास केन्द्र भएर भूकम्प गएको हो ।
संखुवासभाका प्रहरी प्रमुख डिएसपी घनश्याम श्रेष्ठले भूकम्पबाट कुनै किसिमको क्षतिको विवरण प्राप्त नभएको बताए ।























