Woman lying down in bed hospitalized with an IV in her arm.रूपन्देही । तीजको दर खाँदा फुड पोइजन भएपछि रुपन्देहीको देवदह–६ का दुई दर्जनबढी महिला बिरामी भएका छन् ।
देवदह–६ शिवालय टोलका ३५ जना महिला समूह मिलेर भदौ ६ गते दर खाएको साँझदेखि नै बिरामी हुन थालेका थिए । उनीहरुमध्ये २९ जनालाई फुड पोइजन भएको बताइएको छ ।
उनीहरुमा बान्ता हुने, टाउको दुख्ने, पखाला लाग्ने, पेट दुख्ने, रिंगटा लाग्नेलगायतका समस्या देखिएको देवदह–६ का वडाध्यक्ष खेमबहादुर थापा मगरले जानकारी दिए ।
उनका अनुसार १८ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । ५ जनाको देवदह मेडिकल कलेज र अन्य ६ जनाले घरमै बसेर उपचार गराइरहेका छन् ।























