‘ड्युटी’ मा रहेका प्रहरीको मृत्यु

Share this
644shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ ९, आइतबार १८:२८

विराटनगर । संखुवासभामा ड्युटीमा रहेका एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ ।

सोलुखुम्बु घर भई मादी नगरपालिका–२ स्थित मंगलबार प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हवल्दार पुरुषोत्तम निरौलाको मृत्यु भएको संखुवासभा प्रहरीले जनाएको छ ।

ड्युटीमा रहेको समयमा एक्कासी बेहोस भएर लडेपछि तत्कालै उपचारका लागि तेह्रथुमको वसन्तपुर स्वास्थ्य चौकी लगिएको संखुवासभा प्रहरी प्रमुख डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । उनका अनुसार शनिबार साँझ स्वास्थ्य चौकी निरौलालाई मृत घोषित गरेको हो ।

मृतकको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरेपछि परिवारलाई बुझाउने प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.