
विराटनगर । श्रीकृष्ण जन्माष्टमीको अवसरमा दिँदै आएको ‘पोखरमल राठी धर्म संस्कृति’ पुरस्कार जगत अर्ज्याललाई प्रदान गरिएको छ ।
विराटनगरका उद्योगी चम्पालाल राठीसहित उनका परिवारले बुवाको नाममा स्थापित गरेको ‘पोखरमल राठीको स्मृति’पुरस्कार समाजसेवी अर्ज्याललाई प्रदान गरिएको हो ।
सोमबार राधाकृष्ण मन्दिरमा आयोजित कार्यक्रममा अर्ज्याललाई नगद १ लाख १ हजार रुपैयाँका साथ सम्मानपत्र प्रदान गरिएको थियो ।
सो अवसरमा संस्कृत अध्ययन गर्ने बटुकलगायत विभिन्न धार्मिक गुरु र समाजसेवा गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको छ । उनीहरु हरिदेवी चपागाईं छात्रवृत्ति, नारायणप्रसाद/महामाया भण्डारी छात्रवृत्ति, तारानाथ/पवित्रादेवी घिमिरे छात्रवृत्ति, नथुनीप्रसाद जसवाल छात्रवृत्ति, जगतबन्धु/अन्जु कार्की छात्रवृत्ति प्रदान गरिएको थियो ।























