
विराटनगर । लायन्स क्लब अफ विराटनगर एक्जिक्युटिभले समाजसेवी दिनबन्धु गोयललाई सम्मान गरेको छ ।
गोयललाई लायन्स क्लबले ‘शिक्षा सम्मान’बाट सम्मानित गरेको हो । दलित समुदायका बालबालिकाहरु अध्यनरत मोरङको बुढीगंगा गाउँपालिका–२ को लोट्स पब्लिक स्कुलको संरचना निर्माण र मर्मत सम्भारका लागि आर्थिक सहयोग गरे वापत गोयल सम्मानित भएका हुन् ।
गोयलले स्वास्थ्य, शिक्षा, खाद्यान्नलगायत धेरै ठाउँमा सहयोग गर्दै आएका छन् । उनले देशका विभिन्न ठाउँमा गएर सहयोग गर्दै आएका छन् ।
लायन्स क्लब अफ विराटनगर एक्जिक्युटिभ २०२३–२०२४ का अध्यक्ष प्रतिश अग्रवालसहित पदाधिकारीहरू गोयललाई सम्मान गरेका थिए ।
सो अवसरमा लायन्स क्लब अफ विराटनगर एक्जिक्युटिभका संस्थापक अध्यक्ष घनश्याम राठी, पूर्वअध्यक्ष जितेन्द्र अग्रवाललगायतको उपस्थिति रहेको थियो ।























