
विराटनगर । मोरङका महिला अधिवक्ताहरुले वृद्धाआश्रममा तिज मनाएका छन् । बुधबार पुष्पलाल चोकमा रहेको महिला जागृति तथा वृद्धाश्रमका तिज मनाएका हुन् ।
उच्च अदालत बार एशोसिएशन विराटनगरको महिला समितिले आयोजना गरेको तिजमा विशेष कार्यक्रममा महिला समिति संयोजक रुक्मिणा दाहाल,उच्च बार उपाध्यक्ष कला त्रिताललगायत जिल्ला बार र उच्च बारमा आवद्ध महिला अधिवक्ताहरु सहभागी थिए ।

परिवारसँग तिज मान्न नपाएका ज्येष्ठ नागरिकलाई दर खुवाएर तिज मनाइएकाे उच्चा बार उपाध्यक्ष कला त्रितालले जानकारी दिइन् ।























