
विराटनगर । संविधान दिवसमा कैदकट्टा गरेर छाड्नका लागि कारागार व्यवस्थापन विभागले ४ सय ९२ जना कैदीबन्दीको सूची तयार गरेको छ ।
संविधान दिवसमा कैद भुक्तान आधा पुरा गरेका र आचरण सुधार भएकालाई मन्त्रीपरिषद्काे सिफारिसमा राष्ट्रपतिले कैदकट्टा गरी छाड्ने चलन छ । असाेज ३ गते संविधान दिवसमा कैदमुक्त गर्नका लागि विभागले ४९२ जनाको सूची सार्वेजनिक गरेको हो ।
५० प्रतिशत कैद भुक्तान गरेका चार सय १९ जना, दुई जना जेष्ठ नागरिक र ४० प्रतिशत कैद भुक्तान गरेका थप ७१ जना गरी जम्मा चार सय ९२ जना कैदीबन्दीको कैदकट्टा सिफारिस गर्ने तयारी गरेकाे विभागले कैदकट्टा पाउने सूचीमा रहेका कसै विरुद्ध उजुरी गर्नुपर्ने भए सात दिन भित्र उजुरी दिन आग्रह गरेको छ ।
विभागका महानिर्देशक जयनारायण आचार्यका अनुसार वर्षमा चार पटक कैदकट्टा गरी कैदीबन्दीहरू छुट्ने गरेका छन् ।
यसअघि जेठ १५ मा गणतन्त्र दिवसका दिनमा कैदकट्टा गरी छाड्नुपर्ने भए कैदीबन्दी छाडिएन् । गणतन्त्र दिवसको दिन छुट्न सिफारिस भएका छ सय २० जनालाई पनि संविधान दिवसको दिन नै छाडिन विभागको तयारी छ ।
गणतन्त्र दिवस, संविधान दिवस, प्रजातन्त्र दिवस र दसैं–तिहारको बेलामा आधा सजाय भुक्तान गरेका कैदीबन्दीहरू छाड्ने चालन छ ।
यस्ताे छ कैदकट्टा हुनेकाे सूची























