
काठमाडौं । भुटानको थिम्पु जोङखाग नजिकैको केन्द्र बिन्दु बनाएर शुक्रबार साँझमा भूकम्प गएको छ ।
भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसिएस)का अनुसार शुक्रबार साँझ स्थानीय समय ८ बजेर २८ मिनेट जाँदा थिम्पु जोङखाग नजिकै केन्द्र बिन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।
भूकम्पको धक्का भारतको सिक्किम र पूर्वी नेपालका केही क्षेत्रमा समेत महसुस गरिएको थियो ।























