मन्दिरको पोखरीमा पुरुष मृत फेला

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २२, शनिबार १८:००

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–६ स्थत पिण्डेश्वरी शिव मन्दिरको पोखरीमा १ जना पुरुष मृत फेला परेका छन् ।

पोखरीमा तैरिरहेको र घोप्टो परेको अवस्थामा ३५ वर्षी मनोज सहनीको शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार शनिबार बिहान ६ः२० बजेतिर शव भेटिएको हो ।

इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको इन्सपेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्मार्टमका लागि रंगेली अस्पताल लगेको थियो । पोस्टमार्टमपछि परिवारका सदस्यले शव लगेर अन्त्येष्टि गरेका छन् ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.